आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजको तपाईको राशिफल

AuthorAP Khabar२०७६ पौष २१, सोमबार (४ साल अघि) ४६४ पाठक संख्या

वि.सं.२०७६ साल पौष २१ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।

पौष शुक्लपक्ष । तिथि– एकादशी,४७ घडी १८ पला,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– भरुणी,१४ घडी २१ पला,मध्यान्ह १२ बजेर ४२ मिनेट उप्रान्त कृतिका । योग– साध्य,३९ घडी २७ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त शुभ । करण– वणिज,दिउसो १३ बजेर २३ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष,बेलुकी ०७ बजेर ०५ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २१ मिनेट । दिनमान २६ घडी ०० पला । पुत्रदा एकादशीव्रत ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलाशिताका बन्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरु भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशि सामानको व्यापार व्यवसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाइदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुनसक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउने अधिक सम्भावना रहेकोछ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकरी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणाकाे गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विभिन्न कारणले पढाइ लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेकोछ । लगानी गर्दा साझेदारहरुबीच मतभेद बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा विलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको बिकास हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरुलाई सल्टाउने समय रहेकोछ । सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाइको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउन सकिनेछ । नया विचार दिमागमा आउने हुनाले प्रवृधिकाे प्रयोग गरि व्यावहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाइको कामदेखि सबै खुशि हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधरणासँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस