आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर विद्यालयको शैक्षिक स्तर उकास्न समितिद्धारा शिक्षक र विद्यार्थीसंग छलफल

AuthorAP Khabar२०७६ पौष २५, शुक्रबार (४ साल अघि) ३७५ पाठक संख्या

एपी खबर
जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक स्तरमा सुधार ल्याउन छलफल गरीएको छ ।

विद्यालयको आन्तरिक परिक्षामा विद्यार्थीले संतोषजनक नतिजा ल्याउन नसकेपछि त्यसलाई मध्यनजर राख्दै विद्यलायको शैक्षिक स्तरमा सुधार ल्याउन यो छलफलको आयोजना गरीएको हो ।

विद्यालय ब्यवथापन समितिका अध्यक्ष रामबाबु गुप्ताले विद्यार्थीले चाहे अनुसारको प्रतिफल दिन नसकेको प्रति चिन्ता ब्यक्त गर्दै समिति, शिक्षक र विद्यार्थी बिच छलफल गर्न भनेप छि सो बैठकको आयोजनाा गरीएको विद्यालयका प्रअ राजु सिहंले जानकारी दिनुभयो ।

छलफलको क्रममा समितिका अध्यक्ष एवम वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले विद्यार्थीहरुको मनोबल उच्च राख्दै उनिहरुले चाहे अनुसारको शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले विद्यालयमा विषय शिक्षकको अभाव रहेकोले समेत यस्तो हुन सक्ने बताउदै आ–आफ्नो विषयमा राम्रो नतिजा ल्याउने गरी शिक्षण कार्य गर्न गराउन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

छलफलमा विद्यालय ब्यवस्थापन समितिका सदस्य, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस