आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा वडा नम्बर ८ मा हातीपाईले रोग निवारण सम्बन्धि वडा स्तरिय अन्तरक्रिया

AuthorAP Khabar२०७६ माघ २३, बिहिबार (४ साल अघि) ४५८ पाठक संख्या

एपी खबर
जीतपुर :  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा राष्ट्रिय हातीपाईले रोग निवारण कार्यक्रम २०७६ सम्बन्धि वडा स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२०६४ पछी २०७२ मा जील्लामा संक्रमण परिक्षण गर्दा बारामा १२४३ जनामा संक्रमण देखा परेको र संक्रमण देखा पर्ने स्थानिय तहमध्ये जीतपुरसिमरापनि रहेकोले यस उपमहानगरमा हातीपाईले रोग निवारण गर्न विशेष अभियान अन्तरगत यो कार्यक्रम गरीएको हो ।

कार्यक्रममा जीतपुर स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक बिजय साहले सहभागीहरुलाई यस रोगको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जीतपुरसिमरा उपमहानगरपालिकामा माघ २६ गतेका दिन यस रोगको औषधी खुवाउने कार्यक्रम रहेकोले सबै जनालाई आ–आफ्नो नजीकको स्वास्थ्य सस्थामा गएर औषधी सेवन गर्न समेत आग्रह गर्नुभयो ।

यस कार्यक्रममा २ बर्ष मुनीका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खानु हुँदैन । त्यस्तै क्यान्सर, मुटु ,मृगौला, कलेजो ,फोक्सोका दिर्घरोगीहरु र ज्वरो आएको २४ घण्टा भित्रका विरामीले पनि औषधी खानु हुँदैन । त्यस बाहेक सबैले निस्फिक्री रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाई रोग निर्मुल पार्न सहयोग गर्नुपर्ने साहले जानकारी दिनुभयो ।

सामन्यतया मानिसमा यो रोगका परजिवी भएकामा मानिस बाहिरी रुपमा स्वस्थ देखिएपनी भित्री अंगमा परजिविले क्षेती पुर्याई हरेको हुन्छ । परजीविका कारण मृगौला खराब भएर पिसाव सम्बन्धी रोग लाग्न सक्छ । त्यस्तै काम ज्वरो आउनु, हातगोडामा निलडाम देखिनु, पुरुषको अण्डकोष वरपर नसाहरु फुल्नु, महिलामा स्तन वा यौनाङ्ग सुनिनु ,दुख्नु आदी लक्षण देखा पर्ने चिकित्सकहरुले बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा संचालित यस कार्यक्रममा सि. अहेब. अधिकृत, जीतन ठाकुर हात्तिपाईलेको औधषी सेवनपछी शरिरमा समान्य असर देखिनु सकारात्मक लक्षण भएको जानकारी दिनुभयो ।

उहाँले सो दिन यस वडाका औषधी खान योग्य सबैलाई स्वास्थ्य कार्यालय सम्म पु¥याउन वडा अध्यक्षले सहयोग गर्ने भनी वडा अध्यक्ष रामबाबु पटेलसं प्रतिबद्धता समेत जाहेर गर्न लगाउनुभएको थियो ।

नेपालमा समेत कुल जनसंख्याको १५ प्रतिशत मानिस हात्तिपाईले रोगको संक्रमणमा छन् । यो अवस्थालाई २०२० सम्ममा १ प्रतिशतमा झार्नु पर्ने हुन्छ । त्यस्तै हात्तिपाईले रोग विश्वका ७० भन्दा बढी देशहरुमा पाईएको छ । विश्व स्वास्थ्य संगठनले २०२० सम्ममा यो रोग उल्मुलन गर्ने रणनीति अघि सारेको छ । हात्तिपाईले रोग उल्मुलनका लागि हाल ३० भन्दा बढी मुलुकमा अभियान जारी रहेको र यो कार्यक्रम माघ २४ गतेबाट बारा जील्ला भरी संचालन गरिने स्वास्थ कार्यालय बारा प्रमुख राजकिशोर पंडितले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस