आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भ्यालेनटाइन डे’सँगै प्रतापको ‘शुरूवात’ सार्वजनिक

AuthorAP Khabar२०७६ माघ २८, मंगलबार (४ साल अघि) ३५३ पाठक संख्या

माघ २८ काठमाडौं

 ‘भ्यालेनटाइन डे’को पूर्वसन्ध्यामा चर्चित युवा गायक प्रताप दासको ‘शुरुवात’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक दासले आफ्नै आधिकारीक युट्युव च्यानवबाट शुक्रबार गीतको भिडियो बजारमा ल्याएका हुन् ।

नेपाल आइडलबाट चर्चामा आएका गायक दासको थपिदो लोक प्रियतामा यो गीतले उचाई थप्ने देखिएको छ । मायामा परिसकेपछि प्रेमीप्रेमिका मनमा हुने अनेकौँ आभाष गीतमा प्रतिविम्बित छन् ।

पहिलो प्रेमको अनुभूति समेटिएको गीत मनिषा खड्काले लेखेकी हुन् । मनोज थापा मगरको संगीत र देवेश राईको संगीत संयोजनले गीतको भावलाई थप सशक्त बनाइदिएको छ ।

फराज अर्पणले निर्देशन रहेको भिडियोमा मिनाक्षी र समीरको अभिनय हेर्न सकिन्छ । भिडियोको छायाँकन र सम्पादन समेत निर्देशक फराज अर्पणले नै गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस