प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेकामा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि बुधबार मूलगेटको तालाबन्दी खोलिएको छ । ‘
क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि हिजो मूलगेटको मात्रै ताला खोल्यौँ, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौँ’ अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भन्नुभयो ।
उहाँका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इञ्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।
क्याम्पस प्रशासनले सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको छ । क्याम्पसको लापरबाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो ।
क्याम्पसलाई लापरबाहीबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण क्याम्पस प्रमुख केजी बैदारको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै तालाबन्दी गरिएको पराजुलीले बताउनुभयो ।
विज्ञप्तिमा पीडित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई ‘रेष्टिगेट’को डर, धम्की दिने प्राध्यापक÷शिक्षकलाई कारबाही र निष्काशन गर्नुपर्ने, क्याम्पसले आप्mनो प्रचार सामग्रीमा उल्लेख गराएअनुसार विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरिएको छ ।
क्याम्पस प्रमुख बैदारले आफूलाई क्याम्पसका कुनै पनि विभागमा तालाबन्दी गरेको र मूलगेट खोलेको विषयमा जानकारी नभएको बताउनुभयो ।
उहाँले केही बाहिरी तत्वले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्मत ढङ्गले कक्षा ११ र १२ को अध्यापन भइरहेको दाबी गर्नुभयो ।
विभिन्न सङ्कायमा करिब एक हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ विद्यार्थी फरक विषयको परीक्षामा सामेल भएका थिए ।
प्रतिक्रिया दिनुहोस