आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा नेपाल आखा अस्पतालको सेवा सुरु, मियाले दिए तीन करोडको पाच कठ्ठा जग्गा

AuthorAP Khabar२०७६ फागुन १, बिहिबार (४ साल अघि) ४५६ पाठक संख्या

एपी खबर्
जीतपुर : लामो समयदेखी काठमाण्डौंको त्रिपुरेश्वरबाट सेवा प्रदान गरिरहेको नेपाल आखा अस्पतालले बारामा पहिलो सेवा केन्द्र विस्तार गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित औराहमा अस्पतालले बिहिवारदेखी उपचार केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो ।

उपचार केन्द्र सुरु गरेको अस्पतालले सिमरामा आधुनिक अस्पताल र रिसर्च सेन्टर बनाउने लक्ष्य लिएको छ । अस्पताल निर्माण गर्नका लागि आवश्यक जग्गा स्थानिय समाजसेवी कासिम मियाले जग्गा उपलब्ध गराएका छन् । जग्गा प्राप्त भएसंगै काठमाण्डौ केन्द्रीत सेवालाई जिल्लामा विस्तार गर्न लागिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन घलेले बताउनुभयो ।

तत्काल सेवा सुरु गरिएको केन्द्रबाट सबै किसिमको उपचार गर्न सकिने घलेले बताए । औराहमा रहेको घरलाई भाडामा लिएर अस्थायी अस्पतालको स्वरुप दिइएको र त्यसैबाट सेवा सुरु गरिएको घलेको भनाई छ । केन्द्रबाट गम्भिर प्रकृतिका समस्याबाहेक अन्य सबै सेवा दिन सकिने ब्यवस्थापन मिलाइएको घलेले बताउनुभयो ।

उपचार केन्द्रको प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा र जग्गा दाता कासिम मियाले संयुक्ता रुपमा उद्घाटन गर्नुभएको छ । नेपाल आखा अस्पतालको सिमरामा निर्माण हुने आधुनिक अस्पताल र रिसर्च सेन्टरका लागि स्थानिय समाजसेवी कासिम मियाले तीन करोड मूल्य पर्ने पाँच कठ्ठा जग्गा उपलब्ध गराउनुभएको हो ।

आफ्नो बुवा छिनारी मिया र स्वर्गिय आमा फतमा खातुनको नाममा आफूले आखा अस्पताललाई जग्गा उपलब्ध गराएको मियाले बताउनुभयो । आँखाको रोगी बुवालाई उपचार गराउन विभिन्न ठाउमा धाउनुपरेको पीडा सुनाउदै मियाले आफ्नै ठाउमा अस्पताल स्थापना गर्न सकिए नागरिकले सहज सेवा पाउने मियाको भनाई छ ।

सेवा केन्द्र उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य सुन्दर विस्वकर्मा, सिता गुरुङ्ग, पूर्वसभासद जयराम दहाल, शोभाकर पराजुली, वडाअध्यक्ष भोजबहादुर खत्री लगायतले मन्तब्य राख्दै उपचार केन्द्र स्थापनाले स्थानियलाई राहत पुग्ने बताए । उपचार केन्द्रबाट जिल्लाको ग्रामिण क्षेत्रका बासिन्दाले समेत सहजरुपमा सेवा पाउनेमा आफूहरु आशावादी रहेको उनिहरुको भनाई थियो ।

कार्यक्रममा नेपाल आखा अस्पतालका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता बालकृष्ण मैनाली, निर्देशक कमलबहादुर खड्कालगायत उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस