आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सल्यानमा एक किशोरीको  घाँटी रेटेर हत्या

AuthorAP Khabar२०७६ फागुन ४, आईतबार (४ साल अघि) ८६४ पाठक संख्या

फाल्गुन ०४ गते

सल्यानमा एक किशोरीको  घाँटी रेटेर हत्या भएको छ । त्रिवेणी गाउँपालिका- १ तल्लो काभ्राकी करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार हत्या भएको हो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उनको घाँटीको स्वासनली काटेर हत्या भएको जानकारी दिएका छन् । उनको शव घरभन्दा करिब १०/१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।

‘अगाडिबाट घाँटी काटेको अवस्थामा उनको शव फेला परेको छ,’ डिएसपी खतिवडाले भने।

अभिभावकका अनुसार शुक्रबार राति ९ बजेसम्म कविता कोठमा एक्लै पढिरहेकी थिइन । घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको देखिन आएको डिएसपी खतिवडाले बताए ।

रातको एक बजेतिर कविताका भतिजा बिरामी भएर वान्ता गर्न थालेपछि कविताको खोजी सुरु भएको थियो ।

घटनाबारे अनुसन्धान जारी रहेको डिएसपी खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस