रन्जन खरेल रौतहट फाल्गुन ७ गते
रक्तदान जीवनदान भन्ने नाराकासाथ प्रजातन्त्र दिवसको अवसर पारेर श्री माध्यमिक बिध्यालय दुधिअवा र दुधिअवा क्याम्पस दुधिअवाले आयोजना गरेको रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।
दुधिअवा स्कुलको प्रांगणमा भएको उक्त कार्यक्रममा बिध्यालयका शिक्षक, +2 तथा
B ed तर्फ बिध्यार्थीका साथै अन्य बिभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा करैया माई नगरपालिकाका राधेश्याम चौधरीले 23 पटकको रक्तदान गरेका थिए भने कुल 17 जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा अजय तिमल्सिना , सहदेव खरेल , बिक्रम भान्जा , मन्जय चौधरी , मनोज राम ,फडिन्द्र लामिछाने र हिमाली युवा समुहले आर्थिक सहयोग गरेका थिए भने नेपाल रेडक्रस कार्यालयका संयोजक रामआधार राय यादवको नेतृत्वमा आएको प्राविधिक टोलिले प्राविधिक सहयोग गरेको हाम्रा सहकर्मी रन्जन खरेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस