आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टन्सिल के कारण लाग्छ र घरेलु उपचार कसरी गर्ने ?

AuthorAP Khabar२०७६ फागुन १५, बिहिबार (४ साल अघि) ६०८ पाठक संख्या

फाल्गुन १५ एजेन्सी :

घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा एक ग्रन्थी हुन्छ । जसबाट पाचक र रोग निरोधक रस निस्किन्छ, यसलाई टन्सिल भन्ने गरिन्छ ।

म्यारिल्याण्ड विश्वविद्यालयका अनुसार टन्सिलबाट लिम्फोसाइट मानोसाइट कोषको निर्माण हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतामा विषेश भूमिका खेलेको हुन्छ । यी कोषका कारण हाम्रो शरीरमा हुन सक्ने संक्रमणबाट जोगाउँछ ।

घाँटी दुख्ने, कान दुख्ने, खाना निल्न असजिलने हुने, घाँटीको माथिल्लो भागमा स–सना घाउ आउने र यस्ताखाले विभिन्न संक्रमण भएर घाँटी सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।

जसले गर्दा टन्सिल वरिपरी पिप जम्मा भएर वाथ ज्वरो आउने लगायत विभिन्न समस्या हुन सक्ने डाक्टर बताउँछन् ।

ग्रन्थीले राम्रोसँग काम गर्न नसक्दा बालबालिकामा शारीरिक र मानसिक समस्या देखिन्छ । यस्तै वयस्क उमेरमा पनि ग्रन्थीको असन्तुलित अवस्थाका कारण रक्तअल्पता, शारीरिक दुर्वलता, स्मरणशक्तिमा ह्रास आउने गर्छ ।

प्राय यो समस्या खानपानमा ख्याल नदिँदा देखिन्छ । धरै चिसो र धेरै तातो, अत्याधिक मात्रामा गुलियो र अमिलो पर्दाथ सेवनका कारण पनि टन्सिलाइटिस हुने डाक्टर बताउँछन् ।

टन्सिल बिग्रिएमा कारण शरीरमा आयोडिनको कमी भएर गलगाँड जस्ता समस्या देखिने गर्छ । टन्सिललाई वेवास्ता गरियो भने यसले जटिलता निम्त्याउँछ । त्यसलै टन्सिलको शंका हुने बित्तिकै विषेशज्ञलाई देखाउनु पर्छ ।

टन्सिलको घरेलु उपचार

नुन मिश्रति तातो पानीले कुल्ला गर्ने :- टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने । र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।

बेसार पानी खाने :- बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं । बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।

तुलसी चपाउने :- तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ ।

मह र दालचिनी :- दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस । त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

हर्बल चिया :- हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ ।

हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ ।

यसो चाहि नगरौं

टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस