आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाको उच्च जोखिममा नेपाल, ढुक्क भएर नबस्न आग्रह

AuthorAP Khabar२०७६ फागुन १७, शनिबार (४ साल अघि) ६२२ पाठक संख्या
फाल्गुन १७ काठमाडौं
 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । जेनेभास्थित मुख्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै डब्लुएचओ प्रमुख डा. टेडरोस गेब्रिएसुसले नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफगानस्तान कोरोनाको उच्च जोखिममा रहेको बताएका हुन् ।

कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै गएकाले ढुक्क नबस्नसमेत उनले सबै मुलुकलाई अपिल गरेका छन् । ‘कुनै देशले कोरोना भित्रिदैन भनेर बसे गम्भीर गल्ती हुने गेब्रिएसुसको भनाइ छ ।

यतिबेला चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्व नै आतंकित भइरहेको छ । यही सन्दर्भमा डब्लुएचओले नेपाललाई पनि नोभल कोरोना भाइरसको उच्च जोखिममा भएको देशको सूचीमा राखेको हो ।

सअघि डब्लुएचओ चीनलाई मात्र कोरोना उच्च जोखिमको सूचीमा राखेको थियो । तर विश्वव्यापी कोरोनाको जोखिम बढ्दै जान थालेपछि नेपालमा त्यसको खतरा रहेको औंल्याइएको हो ।

नेपालमा अहिलेसम्म १ जनामा मात्रै कोरोना देखिएको छ । तर विश्वमा कोरोना भाइरसको डरलाग्दो संक्रमण भएकाले नेपाल छिर्नसक्ने खतरा रहेको भन्दै डब्लुएचओले उच्च सतर्कता अपनाउन समेत अपिल गरेको छ ।

आवश्यक तयारीका लागि मन्त्रालयको निर्देशन

यसरी डब्लुएचओले नेपाललाई कोरोनाको उच्च जोखिमको सूची राखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीका क्रियाशील रहन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले स्वास्थ्य विभागसँग समन्वय गरि देशव्यापी रूपमा कोरोनाविरुद्धको अभियानमा लाग्ने तयारीसमेत गरेको छ । तत्काल आत्तिइहाल्नुपर्ने अवस्था नभएपनि सतर्कता अपनाउन मन्त्रालयको आग्रह छ ।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्नुभएको छ ।

त्रिभुवन विमानस्थलमा विशेष सावधानी अपनाउन र त्यसलाई थप व्यवस्थित गर्न प्रधानमन्त्रीले आग्ह गर्नुभएको छ ।

पछिल्लो समय कोरोना भाइरसलाई ध्यानमा राखी थर्मलस्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट हवाई यात्रुहरुको ज्वरो लिने काम भइरहेको छ । तर यो कार्य त्यती प्रभावकारी नभएको हवाई यात्रुहरुले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस