आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इरानमा कोरोनाभाइरसका कारण २ सय १० जनाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन १७, शनिबार (४ साल अघि) ३३२ पाठक संख्या

फाल्गुन १७ एजेन्सी  :

 छिमेकी मुलुक चीनबाट फैलिएको नोवेल कोरोनाभाइरसका कारण इरानमा २ सय १० जनाको मृत्यु भएको छ ।

इरानका अस्पताल तथा स्वास्थ्य स्रोतलाई उद्धृत गर्दै बीबीसीले इरानमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या कम्तिमा २ सय १० रहेको उल्लेख गरेको हो ।

ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश व्यक्ति राजधानी तेहरानका छन् ।

यस्तै कोम शहरमा पनि कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या धेरै रहेको जनाइएको छ ।
इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोनाभाइरसका कारण मात्रै ३४ जनाको ज्यान गएको बताएको छ ।

यता विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र विस्तार भइरहेको जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाइ छ ।

विश्वव्यापी रुपमा कोरोनाभाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् ।

विश्वका ५० भन्दा बढी देशमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस