आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

६ महिनाका लागि औषधि माैज्दात छ, अभाव हुँदैन

AuthorAP Khabar२०७६ फागुन २४, शनिबार (४ साल अघि) ६२९ पाठक संख्या

फाल्गुन २४ काठमाडौं

 नेपाल औषधि उत्पादक संघले ६ महिनालाई पुग्ने औषधी मौज्दात रहेकाले अभाव नहुने बताएको छ ।
भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधी अभाव हुने आँकलन भइरहेका बेला संघले औषधि अभाव नहुने बताएको हो ।

संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो, भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ती जारी गर्दै ३ महिनाका लागि मौज्दात रहेको बताएको छ । यस हिसाबले नेपालमा ६ महिनासम्म पुग्ने औषधि रहेको छ, आत्तिनुपर्ने अवस्था छैन् ।’

संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधीमा आत्मनिर्भर रहेको बताउनुभयो । अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ ।

विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ । हार गुहार गर्नुपर्ने अवस्था छैन । सरकारले प्रोत्साहन गर्यो भने २ वर्षमा नेपाली औषधि उद्योगलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ ।’

चीनको वुहान शहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ । भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आंकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो ।

प्रतिक्रिया दिनुहोस