आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना संक्रमण रोक्न लता मंगेशकर द्वारा २५ लाख सहयोगको घोषणा

AuthorAP Khabar२०७६ चैत्र १९, बुधबार (४ साल अघि) ११७४ पाठक संख्या

चैत १९ एजेन्सी

भारतीय सु-प्रसिद्द गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण नियन्त्रणका लागि महाराष्ट्र सरकारले खडा गरेको मुख्यमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने घोषणा गरेकी छन्।

यससँगै कोरोना भाइरसविरुद्धको लडाइँमा आफ्नो देशको सरकारलाई समर्थन गर्ने मनोरञ्जन क्षेत्रका व्यक्तिहरुको सूचिमा उनको नाम पनि दर्ता हुने भएको छ ।

सोमबारमात्रै गायक अदनान सामीले मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान पुर्याउने घोषणा गरेका थिए । त्यस्तै बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानलगायतले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सरकारलाई सहयोग गर्ने उद्घोष गरिसकेका छन् ।

भारत सरकारले कोरोना भाइरस फैलिन नदिन मुलुकभर २१ दिनको लागि ‘लकडाउन’ को घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस