आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा एकैदिन ९ सयको मृत्यु, संक्रमितको संख्या २ लाख भन्दा बढी

AuthorAP Khabar२०७६ चैत्र २०, बिहिबार (४ साल अघि) ३४४ पाठक संख्या

चैत २० काठमाडौं : संयुक्तराज्य अमेरिका पछिल्ला दिनमा कोरोनाभाइरस (कोभिड–१९)को इपीसेन्ट बनेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा २ लाख १५ हजार ८१ जनामा कोरोना संक्रमित भएका छन् ।

कोरोनाको इपीसेन्टर बनेको अमेरिकामा ५ हजार १ सय ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिब २७ हजार थप संक्रमितको पुष्टि भएको हो । थप ९ सय जनाले ज्यान गुमाएका हुन् ।

अमेरिकापछि इटाली र स्पेनमा पनि संक्रमितको संख्या बढेको छ ।

इटालीमा १ लाख १० हजार ५ सय ७४ र स्पेनमा १ लाख ४ हजार १ सय १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।

डब्ल्यूएचओका अनुसार हाल विश्वको २ सय ३ देशमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ९ लाख ३५ हजार ५ सय ८२ जना संक्रमित भएका छन् भने ४७ हजार २ सय ३२ जनाको भाइरसका कारण मृत्यु भइसकेको छ । साथै १ लाख ९४ हजार २ सय ७७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस