चैत २० कपिलवस्तु । छोरी बलात्कारका एक आरोपी हिरासतभित्रै झिुन्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पिपराको प्रहरी हिरासतमा बिहीबार बिहान उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
शौचालय गएको बेला उनलाई झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक आयुष जेशीले जानकारी दिनुभयो । उनले आफँलै ओछ्याएको तन्नाको पासो लागेको बताइएको छ ।
वाणगंगा नगरपालिका ८ का ती व्यक्ति गत फागुन १८ गते छोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए । उनलाई फागुन १९ गते म्याद थप गरी प्रहरी हिरासतमा राखिएको थियो । उनले पटक पटक छोरीको बलात्कार गरेको भनि उनकै पत्नीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस