आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वमा आतंक मच्चाइरहेको कोरोना इटाली र स्पेनमा नियन्त्रण बाहिर

AuthorAP Khabar२०७६ चैत्र २२, शनिबार (४ साल अघि) ११७१ पाठक संख्या

चैत २२ काठमाडौं : चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरस (कोभिड–१९) अहिले संसारको २ सय ५ देशमा फैलिएको छ । गत डिसेम्बर अन्तिम सातामा चिनियाँ डाक्टर ली वेनलियाङले भाइरस र यसबाट विश्वमा हुन सक्ने क्षतिबारे जानकारी दिएका थिए ।

उनको यो सन्देशले अफवाह फैलाउने भनिएको थियो । ३४ वर्षीय डा. वेनलियाङले सामाजिक सञ्जालबाट कोरोना भाइरससम्बन्धी जानकारी गराएका थिए ।

वेनलियाङको सूचित गराएको एक महिनापछि वुहान सहरमा कोरोनाभाइरसले महामारीको रूप लियो ।

कोरोनाको उद्गमस्थल वुहान सहर सामान्य जीवनमै आइसकेको छ भने विश्वमा यसले आतंक मच्चाइरहेको छ ।

इटाली र स्पेनमा प्रतिघन्टा ४० व्यक्तिको निधन भइरहेको छ । इटाली र स्पेनले कोरोनाभाइरसमाथि नियन्त्रण लिन सकिरहेका छैनन् ।

यो समाचार तयार पार्दासम्म कोरोनाभाइरसबाट विश्वमा १० लाख ९८ हजार ७ सय ६२ जना संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ भने ५९ हजार १ सय ७२ जनाको मृत्यु भइसकेको छ ।

साथै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सार्वजनिक गरेको तथ्यांकमा २ लखा २८ हजार ९ सय २३ जना निको भएका छन् ।

यसैगरी अमेरिकामा २ लाख ७७ हजार ४ सय ६७ जना कोरोनाबाट संक्रमित भएका छन् भने ७ हजार ४ सय २ जनाको ज्यान गुमाइसकेका छन् । साथै १ लाख २ हजार २ सय ८३ जना निको भएका छन् ।

इटालीमा १ लाख १९ हजार ८ सय २७ जना कोरोनाबाट संक्रमित भएका छन् भने १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाइसकेका छन् । साथै १ लाख ९ हजार ७ सय ५८ जना निको भइसकेका छन् ।

त्यस्तै कोरोनाबाट स्पेनमा १ लाख १९ हजार १ सय ९९ जना संक्रमित भएका छन् । साथै ११ हजार १ सय ९८ जनाले ज्यान गुमाएका छन् भने ३० हजार ५ सय १३ जना निको भएर घर फर्किसकेका छन् ।

यसैगरी जर्मनमा ९१ हजार १ सय ५९ जना कोरोना संक्रमित भएका छन् भने १ हजार २ सय ७५ जनाले ज्यान गुमाएका छन् । साथै २४ हजार ५ सय ७५ जना निको भएका छन् ।

चीनमा ८१ हजार ६ सय ३९ संक्रमित भएकोमा ३ हजार ३ सय २६ जनाको मृत्यु भइरहेको छ । साथै ७६ हजार ७ सय ५५ जना निको भएका छन् ।

फ्रान्समा ६४ हजार ३ सय ३८ जना कोरोनाबाट संक्रमित भएका छन् भने ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ । साथै १४ हजार ८ जना निको भएका छन् ।

इरानमा ५३ हजार १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ । साथै १७ हजार ९ सय ३५ जना निको भएका छन् ।

यूकेमा ३८ हजार १ सय ६८ जनामा कोरोना संक्रमण फेला परेको छ भने हालसम्म ३ हजार ६ सय ५ जनाले ज्यान गुमाइसकेका छन् । साथै १ सय ३५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस