आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप तीन जना कोरोना संक्रमित फेला

AuthorAP Khabar२०७६ चैत्र २२, शनिबार (४ साल अघि) ३७४ पाठक संख्या

चैत २२ काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ ।

सुदूरपश्चिम जिल्लाको कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको मुम्बइ र उत्तराखण्डबाट फर्किएका २ जना पुरुष र कैलालीकै एक जना महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा संक्रमण देखिएको हो ।

पहिलो पटक विदेशबाट आएका नभइ नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको यो पहिलो घटना हो। योसँगै कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ ।

जसमध्ये एकजना भने निको भएर घर फर्किसकेका छन् । संक्रमित भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म ५ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं, बागलुङ, धादिङ र कैलाली र कञ्चनपुर गरी ५ जिल्लामा संक्रमण देखिएको हो ।

सरकारले टेकुमा मात्र भइरहेको नमुना परीक्षणको दायर बढाएर सातै प्रदेशमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस