आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना पुष्टी

AuthorAP Khabar२०७६ चैत्र ३०, आईतबार (४ साल अघि) ४४२ पाठक संख्या

चैत ३० काठमाडौंभारतसँग सीमा जोडिएको वीरगन्जको नारायणी अस्पतालमा कोरोनाभाइरसको शंका गरी आइसोलेशन वार्डमा राखिएमध्ये तीन जना भारतीयमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

शुक्रबारबाट नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको ३ जना भारतीय नागरिकलाई कोरोना संक्रमण पोजेटिभको आशंकामा हेटौँडामा स्वाब परीक्षणको लागि ल्याइएको थियो ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोनाभाइरसको स्वाब परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ ।

टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो ।

२४ जनामध्ये ३ जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले शनिबार बेलुका छपकैयाको मस्जिदमा पुगेका थिए । प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई ई रिक्सामा बसाएर अगाडी पछाडी प्रहरीको संयुक्त निगरानीमा वीरगन्जको सिद्धार्थ माविमा संस्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको हो ।

स्थानीयका अनुसार विगत ९ र १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरू मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस