आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा थप दुईजना कोरोना पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिए

AuthorAP Khabar२०७७ बैशाख १४, आईतबार (४ साल अघि) ४०६ पाठक संख्या

दिपक चौरसिया
पर्सा  : वीगन्जको नारायणी अस्पतालमा थप दुईजना कोरोना संक्रमित थपिएका छन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ । तर थप दुईजना कोरोना संक्रमित थपिएका कारण अस्पतालका चिकित्सकहरु तनावमा परेका छन ।

वीरगन्ज वडा नम्बर ३ छपकैया र वडा नम्बर १६ ईनर्वाका गरी दुईजना कोरोना संक्रमित भएको पुष्टी भएको हो । छपकैयाका निवासी मुस्लिम समुदायकै करिब ५० बर्षिय महानगरपालिकाकै सरसफाईकर्मी रहेका छन भने, ईनर्वाका ५३ बर्षिय अर्का एकजना मुस्लिम समुदायका व्यक्ति कोरोना संक्रमणको पुष्टी भएको हो ।

वडा नम्बर २ र १६ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिए पछि प्रहरी निगरानीमा अस्पतालमा पु¥याईएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

उनले भने, सरसफाईकर्मीलाई उनकै घरबाट र अर्का ईनर्वाका व्यक्तिलाई शंकास्पद अवस्थामा सिद्धार्थ स्कुलमा क्वारेन्टाईनमा राखिएकोले उनको कोरोना संक्रमणको पुष्टी भएपछि प्रहरी निगरानीमै नारायणी अस्पतालमा पु¥याएको हो ।

कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका कारण यी दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको उनले बताए ।

कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरको वडा नम्बर १, २ र ३ का १४६ जना र पर्सा जिललाका विभिन्न क्वारेन्टाईनमा राखिएका ४१ जना गरी १८७ जनाको स्वाब संकलन गरी परीक्षणको लागि काठमाण्डौ पठाईएको थियो ।

त्यस मध्ये आईतबार विहान ४२ जनाको रिपोर्ट आएको छ , जसमध्ये २ जनामा कोराना भाईरसको संक्रमण पुष्टि भएपछि दुवैजनालाई प्रहरी निगरानीमा राखेर नारायणी अस्पतालमा पठाएको उनले बताए ।

पर्सा जिल्लामा हालसम्म ४२० जनाको स्वाब संकलन गरी परिक्षणको लागि काठमाण्डौ पठाईएको छ । जसमध्ये २३० जनाको रिपोर्ट निगेटिभ आएको छ । २ सय १ सय २१ जनाको आरडिटी परिक्षण गर्दा सबैमा निगेभिटनै भेटिएको सहायक प्रजि बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस