आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटका दुई मध्ये एक जना कोरोना संक्रमित सहित वीरगंजको नारायणी अस्पतालमा चार जनाको उपचार हुदै : डा. सिंह

AuthorAP Khabar२०७७ बैशाख १६, मंगलबार (४ साल अघि) ३७१ पाठक संख्या

दिपक चौरसिया
पर्सा : रौतहटको दुई जनामा कोरोना संक्रमण भेटिए पछि एक जनालाई उपचारको लागि वीरगंज स्थित नारायणी अस्पतालमा ल्याएको समाचार प्राप्त भएको छ ।

वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको ¥यापिड डाइग्नोस्टिक टेष्ट ९आरडीटी० मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुषलाई आज भर्खरै वीरगंज स्थित नारायणी अस्पतालमा उपचार्थ आईसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । हाल नारायणी अस्पताल वीरगंजमा ४ जना संक्रमितको उपचार भईरहेको डा. सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस