आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर, ईनरवासिरा र विरगंजमा एक/एक जना गरी तिनजनामा कोरोना पुष्टि

AuthorAP Khabar२०७७ बैशाख १७, बुधबार (४ साल अघि) ४६७ पाठक संख्या

एपी खबर
जीतपुर : बाराको जीतपुरसिमरामा रहेको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतको नयाँ दिल्लीस्थित निजामुदिन मर्कजबाट आएका जमातीहरुको संम्पर्कमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखापरेको हो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार दुई जनामा पोजिटिभ देखिएको हो ।

विरगंजमा भेटिएका कोरोना संक्रमीतको सम्पर्क ब्यक्ति खोज्ने क्रममा बाराको ईनरवासिरा मस्जिदमा जमातबाटै फर्केका सिम्रोनगढ ४ बस्ने एक जनालाई प्रहरीले कोरेन्टाईनमा ल्याएर राखेको थियो । भने अर्का जमातीलाई जीतपुरबाट क्वारेन्टाईनमा लगेर राखिएको कोरोना अस्पताल श्रोत सिमराले जानकारी दिएको छ ।

बैशाख १४ गते सिधै आसोलेशनमा लगीया यी दुबैमा कोरोनाको लक्षण देखापरेपछि डाक्टरेको टिमले स्वाब परिक्षण गर्न काठमान्डौँ पठाएको थियो जुन पोजेटिभ देखापरेको हो । यसैगरी पर्सामा पनि एक जनामा कोरोना संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले जानकारी दिएको छ ।

जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन । यि समेत गरि नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ । भने अहिलेसम्म संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् । संक्रमित देखिएका उनिहरुलाई विशेष कोरोना अस्पताल सिमराबाट नारायणी अस्पताल विरगंजमा पठाउने तयारी भैरहेको जनाइएको सिमरा कोरोना अस्पताल श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस