आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु

AuthorAP Khabar२०७७ बैशाख १८, बिहिबार (४ साल अघि) ३६७ पाठक संख्या

बैशाख १८ एजेन्सी : कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस