आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंजमा पीसीआर परीक्षण सुरु, दुई दिनमा ६ जनाको स्वाब परिक्षण

AuthorAP Khabar२०७७ बैशाख २४, बुधबार (४ साल अघि) ४७५ पाठक संख्या

दिपक चौरसिया÷
पर्सा २४ वैशाख
वीरगंजको नारायणी अस्पतालमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण गत तीन हप्ता पछि सोमबारदेखि औपचारिक रुपमा सुरु भएको छ ।
बिगत तीन हप्ता देखि प्रदेश सरकारले पीसीआर परीक्षण गर्ने मेसिन पठाए पनि अन्य सहायक मेशिनहरु नपठाएकोले बिगत समय देखि सो मेशिन अस्पतालमै थन्किएको थियो ।

सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले लामो समयको प्रतिक्षाको अन्त्य भएको बताए ।
‘आजबाट पीसीआर सेवा सुरु गरेका छौं, १६ वटा थ्रोट स्वाबको नमुना परीक्षणको क्रममा छ ।

सोही नमुना भेरिफिकेसनका लागि स्वाब टेकु पनि पठाएका छौं । दुवैतिरको रिपोर्ट तुलना गर्छौं,’ उनले भने, ‘ल्याब सञ्चालनपछि पीसीआर जाँचका लागि कुर्नुपर्ने अवस्था अन्त्य हुने छ ।’
राष्ट्रिय प्रयोगशालाका माइक्रोबायोलोजिस्ट र भाइरोलोजिस्टले पीसीआर परीक्षणका लागि अस्पतालका चार जना प्राविधिकलाई एकसातादेखि तालिम दिइरहेका थिए ।

वैशाख ३ गते नै मेसिन वीरगंज आइपुगेको भएपनि सञ्चालनमा समय लागेको छ ।
अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले ‘पूर्वतयारी नभएको अवस्थामा पीसीआर मेसिन र दुई जना विज्ञ प्राप्त भयो, मलेकुलर ल्याब सञ्चालनका लागि आवश्यक समान थिएन,’ उनले भने, ‘ विज्ञको सल्लाहको आधारमा समान जुटाउन समय लागेको हो ।

समानको बारेमा पहिले नै जानकारी भएको भए तयारी गर्ने थियौं ।’ मेसिन बाहेक ५० लाखभन्दा बढी सहायक समाग्री खरिद गरिएको डा. सिंहले बताए ।
एक पटकमा ३६ वटा स्याम्पल परीक्षण गर्न सक्ने क्षमताको मेशिन नारायणी अस्पतालमा छ । थ्रोट स्वाब संकलनपछि परीक्षण परीक्षण गरेर रिपोर्ट आउन ५ देखि ६ घण्टा समय लाग्छ ।

दैनिक दुई सिफ्टमा ७२ वटा सेम्पल जाँच गर्ने तयारी अस्पतालले गरेको कल्सल्टेन्ट प्याथोलोजिष्ट डा. नीरा पाठकले जानकारी दिइन् । नारायणी अस्पतालमा मंगलबार र बुधबार गरी ६ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ भने सो रिपोर्ट क्रसभेरिफिकेसनको लागि काठमाण्डौको प्रयोगशालामा पठाइएको डा. पाठकले बताईन ।

यसअघि थ्रोट स्वाबको नमुना संकलन गरिसकेपछि पिसिआर परीक्षणका लागि हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पठाउनुपर्ने बाध्यता थियो । नारायणीले २०७६ चैत ६ गतेदेखि आइसोलेसन सेवा सुचारु गरेको हो । अस्पतालले हालसम्म पर्सा, बारा, रौतहट र सर्लाहीका ११ जना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस