आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंज–३ बाट एकै परिवार १७ जनामा कोरोना संक्रमण, नेपालमा दुई महिनाको शिशु सहित संक्रमितको संख्या ९९ पुग्यो

AuthorAP Khabar२०७७ बैशाख २४, बुधबार (४ साल अघि) ११०५ पाठक संख्या

दिपक चौरसिया÷
पर्सा २४ वैशाख ।
वीरगंज महानगरपालिका वडा नं. ३ छपकैयाबाट एकै परिवारका १७ जनामा कोरोना संक्रमण देखिएको छ । जस्मा दुई महिना, ६ महिनाको बालबालिका देखि लिएर ६६ वर्ष सम्मका १७ जना रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
नेपालमा पहिलो पटक दुई महिनाको शिशुमा समेत कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये सात महिला र १० पुरुष छन् । यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।

संक्रमित सबैजनालाई वीरगंज स्थित नारायणी अस्पतालमा ल्याउने तयारी भईरहेको अस्पताल स्रोतले जनाएको छ । हाल नारायणी अस्पतालमा हाल १०० बेडको आईसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ । नारायणी अस्पतालमा हाल ११ जनाको आईसोलेसन वार्डमा उपचार भईरहेको र आजै अस्पतालमा १७ जनालाई ल्याउने तयारी भएको अस्पतालका एक चिकित्सकले बताए ।

प्रतिक्रिया दिनुहोस