आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृषि राज्य मन्त्री योगेन्द्र यादवद्धारा संचारकर्मीहरुलाई पिपिई लगाएतको मेडिकल सामग्रि सहयोग

AuthorAP Khabar२०७७ बैशाख २८, आईतबार (३ साल अघि) ४२३ पाठक संख्या

ओम प्रकाश यादव
रौतहट, बैशाख २८ गते । रौतहटमा एक प्रदेश सांसदले पत्रकार, कर्मचारी र स्वास्थ्यकमीहरुलाई सयौ थान मेडिकल सामग्रि वितरण गरेका छन ।
प्रदेश सांसद एवं प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले रौतहटका पत्रकारहरुलाई आईतवार मेडिकल सामग्रि वितरण गर्नुभएको छ ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रही रिपोर्टिंग गर्नको लागि कृषि राज्य मन्त्री यादवले यस जिल्लाका केहि पत्रकारहरुको लागि पत्रकार ओम प्रकाश यादव र कृष्ण तिवारीलाई पिपिई, थर्मलगन, एन ९५ मास्क, सेनिटाईजर सहितको स्वास्थ्य सामग्रि प्रदान गरेका हुन ।
यादव र तिवारी मार्फत जिल्लाका अन्य संचारकर्मीका लागि स्वास्थ्य सामाग्री बितरण गरेको राज्य मन्त्री यादवले बताएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नं १ ख विधानसभाबाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य समेत रहनुभएका राज्य मन्त्री यादवले पत्रकार यादव र तिवारीलाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त पुर्ण सेट सहितको ५ थान पिपिई, ५ वटा थर्मल गन, १५ पिस एन ९५ मास्क, ५ लिटर सेनिटाईजर, ग्लब्स लगाएतका मेडिकल सामग्रि हस्तान्त्रण गर्नुभएको छ ।
महामारीको समयमा आफना ज्यान जोखिममा राखेर पनि रिपोर्टिंग गर्ने पत्रकारहरुलाई कोरोनाबाट जोगाउन आफु विभिन्न किसिमका स्वास्थ्य सामग्रि सहयोग गरेको राज्य मन्त्री यादवले बताउनुभयो ।
त्यसतै मन्त्री यादवले आईतवार मात्रै जिल्लाको गौर नगरपालिकाका कर्मचारी सहित विभिन्न स्वास्थ्य चौकीहरुलाई पनि मेडिकल सामग्रि वितरण गरेका हुन ।
मन्त्री यादवले गौर नगरपालिका, स्वास्थ्य चौकीहरु सखुअवा, खेसरहिया, भेडियाही लगाएतका स्वास्थ्य चौकीहरुलाई पाँच पाँच थान पुर्ण सेट सहितको पिपिई, एक एक थान थर्मलगन, १५,१५ वटा एन ९५ मास्क, सेनिटाईजर र गलब्स वितरण गरेका हुन ।
महामारीको यो बेला पत्रकार जस्तै कर्मचारी र स्वास्थ्यकमीहरुलारुई समेत कोरोना भाइरस सर्न सक्ने सम्भावना रहेको हुँदा उहाँहरुलाई कोरोनाबाट सुरक्षित राख्न आफुले सानो सहयोग स्वरुप मेडिकल सामग्रि वितरण गरेको मन्त्री यादवले बताउनुभयो ।
उहाँले यसभन्दा पहिले पनि जिल्लाको अधिकांश क्वारेन्टाईनमा खटिने स्वास्थ्यकर्मी, प्रहरी प्रशासन र सर्वसाधारणहरुलारुई सय भन्दा बढी थान पिपिई, मास्क, सेनिटाईजर लगाएतका मेडिकल सामग्रि हस्तान्त्रण गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस