आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार बढि

AuthorAP Khabar२०७७ बैशाख २९, सोमबार (३ साल अघि) ३३३ पाठक संख्या

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख २४ हजार ३५० जना संक्रमित छन् भने २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा ३१ हजार ९३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस