आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

AuthorAP Khabar२०७७ बैशाख २९, सोमबार (३ साल अघि) ३१८ पाठक संख्या

बैशाख २९ काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा फेरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको हो।

कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ । त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना देखिएको छ ।

त्यसैगरी बर्दिया राजपुर–५ निवासी ११ वर्षीय महिलामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यीसँगै आजै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस