आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा कोरोना भाइरस परीक्षणका लागि २३९ जनाको स्वाब संकलन

AuthorAP Khabar२०७७ बैशाख ३०, मंगलबार (३ साल अघि) ३७१ पाठक संख्या

एपी खबर
बारा : बारामा कोरोना भाइरस परीक्षणका लागि २३९ जनाको स्वाब संकलन गरिएको छ । बारामा २ साता अगि बुधबार एकै दिन दुई जनामा कोरोना भाइरस ९कोभिड—१९० को संक्रमण पुष्टि भएको थियो ।

जीतपुर सिमरा उपमहानगरपालिका ७ का ४७ वर्षीयलाई आफ्नैै घरमा बस्दै आएका र घर सिम्रौनगढ नगरपालिकाका भएतापनि उपमहानगरपालिका १९ मा रहेको स्थानिय मस्दितमा बस्दै आएका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरुको परिवारका ७ जनालाई सोही दिन देखि सिमरा स्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ भने कोरोना संक्रमितको सम्पर्कमा आएका करिब ६५ जनालाई होम क्वारेन्टाइनमा बसेका छन ।

बारामा उपकरणका कमिले उनिहरु लगाएत विभिन्न उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलनलाई तीव्रता दिन सकेको थिएन भने अहिले उनिहरुको स्वाब संकलन तथा परीक्षणलाई तिब्रता दिईएको छ । नेपाली सेनाका मेजर प्रेम गिरिको कमाण्डमा स्वास्थ्यकर्मी सहितको टेलिले प्रतेक स्थानिए तहमा पुगी तिब्रताका साथ स्वाब संकलन गरेका हुन ।

आआफ्ने स्थानिए तहमा आएर कोरोना भाइरस परीक्षणका लागि ढिलो भएपनि स्वाब संकलनसुरु भएको र क्वारेन्टाइन रहेका मानिसको नतिजा अनुसार क्वारेन्टाइनबाट पठाउने तयारी गरिएको कोहल्वी नगरपालिकाका मेयर भरत बहादुर भण्डारीले बताए ।

यता, कोरोना संक्रमण पुष्टि भएका परिवारका ७ जनाको पहिले चरणमा नतिजा नेगेटिभ आएका र पुर्ण परिक्षणका निम्ती स्वाब संकलन गरिएको र संक्रमितको सम्पर्कमा आएका करिब ६५ जनाको समेत नतिजा नेगेटिभ आएको जीतपुर सिमरा उपमहानगरपालिका मेयर डा। कृण्ण पैडेलले बताए ।

पछिले समयमा प्रदेश सरकारबाट १०० थान र केन्द्र सरकारबाट २०० थान किट उपल्बध भएको र बारामा हाल सम्ममा २३९ जनाको स्वाब संकलन गरिएकोमा २३७ जनाको नतिजा नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले बताए ।

लकडाउन पश्रच्यात भारतीय क्षेत्रबाट नेपाल प्रबेश गर्न खोजेका ६५ जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिई भारत तफनै फिर्ता पठाएको छ भने लकडाउन पश्रच्यात भारतबाट वीरगंज तथा अन्य नाकाहुदै १३१ जना बारा प्रबेश गरेका छन ।

करिब आठ लाख ३० हजार जनसंख्या भएको बारा जिल्लाको १६ वटा स्थानिए तहमा अहिले ७५ जना भारतीय नागरीक सहित १६४ जना क्वारेन्टाइनमा र ७ जना आइसोलेसनमा राखिएको छ भने ४०३ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस