आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटका बोर्डर शिल अवस्थामा, तस्करी र आवतजावत जारी

अमित ठाकुर २०७७ भाद्र ५, शुक्रबार (३ साल अघि) ५७५ पाठक संख्या

रौतहट । बोर्डरमा अावजावतमा पुर्ण कडाई भएता पनि दिनहुँ अावतजावत भईरहदा लकडाउनमा दैनिक ज्यालादारी गर्ने ब्यक्तिलाई पुर्ण कठिनाइ भईरहेका छन्। सरकारले गत चैत ११ गते देखि बोर्डरमा अावतजावतमा पुर्ण कडाइका साथ लकडाउन गरेपछि पहिलो चरणको लकडाउनमा तिनै स्तरका जन्ताहरुलाई त्यति अप्ठ्यारो नबुझाएको स्थानीयले बताउँछन् ।

नेपालमा पछिल्लो अवस्थामा लकडाउनमा पुर्ण कडाइ हुँदा नेपाल बाहिर कार्य गरिरहेका र केही जमातबाट मात्र कोरोना संक्रमित बढेको थियो। त्यतिबेला लकडाउनमा पुर्ण कडाइ हुँदा समुदाय स्तरमा कोरोना संक्रमित नफैलिएको स्थानीयले बताउँछन्। सरकारले गत साउन ७ गते देशैभरका बोर्डर बाहेक लकडाउन खोलिएपछि बजारमा अावश्यकता भन्दा बढी भिर र बोर्डर वारपार गरि रहदा समुदायमा कोरोना संक्रमित फैलिएको स्थानीयले बताउँछन् ।

अहिले नामको लागि रौतहट जिल्लाको र भारत बिहार राज्यको सितामढी र मोतिहारी जोड्ने बोर्डरमा दैनिक सयौंको संख्यामा अावतजावत भई रहदा संक्रमित फैलिएको स्थानीयले बताउँछन् ।

नामको लागि मात्र बोर्डर सिल रहेको र दैनिक ब्यक्तिहरु रौतहटको लक्ष्मीपुर बेलबिक्षवा, ब्रहम्पुरी,महादेवपट्टी,अौरैया,लतमरी,मठिया,महुलिया सहितका नाकाहरुबाट भारत नेपाल अावतजावतको संगसंगै तस्करी पनि गरिरहेको स्थानीयले जनाएको हो।

सिमानानाका २४ घण्टा शस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती टोली रहदा पनि दिनहुँ ब्यक्तिहरु कसरी गईरहेको बोर्डरमा खटिएको शस्त्र तथा नेपाल प्रहरी माथि ठुलो प्रशन उठ्न थालेका छन्। अहिले भारतमा हजारौंको संख्यामा समुदायमा संक्रमित थपिदा बोर्डर वारपार कै कारण यता समुदायमा संक्रमन बढी रहेको स्थानीयले बताउँछन् ।

तिनै तहका सरकारको कमजोरी र रौतहटका निर्वाचित जनप्रतिनिधिका कारण समुदायमा संक्रमित थपिदा होम क्वारेन्टाइन कै कारण दिनानुदिन संक्रमित थपिदै गएको हो। समुदाय स्तरमा संक्रमित थपिदा पिसिअार टेस्टको दायरा बढाउने र क्वारेन्टाइन र अाईसोलेसन रुम तुरुन्तै निर्माण गर्ने स्थानीयहरुले तिनै तहका सरकार संग अपिल गरेका छन्।

संक्रमित सबैलाई तुरुन्तै होम क्वारेन्टाइनबाट हटाई अाईसोलेसन र क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन्। भने बोर्डरमा खटिएका सुरक्षाकर्मीलाई अावतजावत गर्ने ब्यक्ति पुर्ण रुपले कडाइ गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस