आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लाखौं रुपैयाँ सहित हुण्डी कारोबारी शस्त्र प्रहरीको फन्दामा

अमित ठाकुर २०७७ भाद्र ११, बिहिबार (३ साल अघि) ४७६ पाठक संख्या

रौतहट। रौतहट जिल्लामा लाखौं रुपैयाँ सहित एकजना हुण्डी कारोबारीलाई शस्त्र प्रहरीले पक्राउ गरेका छन्। लकडाउन जारी भए संगै भारतबाट नेपालमा हुण्डी कारोबार तीब्र बढेका छन्।रौतहटको ईशनाथ नगरपालिका वडा नंबर ९ लवतना टोलमा चेकजाँच गर्ने क्रममा २८ लाख ५० हजार रुपैयाँ सहित एक हुण्डी कारोबारी पक्राउ परेका छन्।

 

राजपुर नगरपालिका वडा नंबर ९ बैरिया टोलका शिवनाथ साहको २० बर्षीय छोरा दिलिप साहले मोटरसाइकल तथा अफ्नो शरिरमा लुकाई छिपाई ल्याई रहेको अवस्था पक्राउ परेको शस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन अोलीले जनाएको हो। शस्त्र प्रहरी बल ११ नंबर गन बाट प्रहरी उपरीक्षक अोलीको कमाण्ड खटि गएकाका अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ परेको शस्त्र प्रहरी उपरीक्षक अोलीले जनाएको हो।

 

पक्राउ परेको साह संग रु १००० को दरले १५ लाख ९९ हजार , रु ५०० को दरले १२ लाख ५२ हजार ५ सय रु १ यसको दरले ४ सय,रु २० को दरले ४० रुपैयाँ र १० को दरले २० रुपैयाँ सहित BR 30N 9580 नंबरको भर्तीय हिरो मोटरसाइकल पक्राउ परेको शस्त्र प्रहरी उपरीक्षक अोलीले जनाएको हो।

 

पक्राउ परेको साहलाई अवश्यक कार्वाहीका लागि गौर भन्सार पठाउने त्यारी भईरहेको शस्त्र प्रहरी उपरीक्षक अोलीले जनाएको हो।

प्रतिक्रिया दिनुहोस