आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लकडाउन खुकुलो भए संगै अस्पतालमा पिसिअार ल्याब स्थापना

अमित ठाकुर २०७७ आश्विन २, शुक्रबार (३ साल अघि) ८०५ पाठक संख्या

रौतहट सात महिना देखि चलिअाइरहेको लामो लकडाउन केन्द्र सरकारले खुकुलो गरे संगै जिल्ला अस्पताल गौरमा अार टी पिसिअार ल्याब स्थापना भएको हो।प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवको जिल्लामा अागमन भए संगै स्थानीय तह,प्रदेश सांसद तथा संघीय सांसदको अार्थिक सहयोगमा ३ सय बेडको अाईसोलेसन तथा जिल्लामा पिसिअार मेसिन जडान गर्ने निर्णय भएको थियो।पछिल्लो समयमा जिल्लामा दर्जनौं संख्यामा बढ्दै गएको थियो। यसलाई कसरी नियन्त्रण गर्ने भनी सबै पालिकाका मेयर संग छलफल गर्दा पालिकाहरुको सानो सहयोगले नियन्त्रण गर्न सकिने र संक्रमित सबैलाई ३ यस बेडको अाईसोलेसन निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव निर्णय गरेको थियो। निर्णयअनुसार रौतहटका १८ पालिका मध्ये १३ पालिकाको ५ लाखको सहयोग र बिपत ब्यवस्थापन समितिको सहयोगले अाज लकडाउनको सातौं महिनामा जिल्ला अस्पताल गौरमा पिसिअार मेसिन जडान भएको हो। प्रदेश नंबर २ का समाजिक बिकाश मन्त्री नबल किशोर साहको प्रमुख अतिथिमा उक्त मेसिन जडान भएको हो।

प्रतिक्रिया दिनुहोस