आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुरानो रिसिभीको कारण रौतहटमा एक महिलाको मृत्यु

अमित ठाकुर २०७७ आश्विन १०, शनिबार (३ साल अघि) ३५९ पाठक संख्या

रौतहट।पुरानो रिसिभीको कारण रौतहटमा धारिलो हतियारको प्रहारले एक महिलाको उपचारको क्रममा निधन भएको हो।रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नंबर ५ टिकुलिया टोलमा बस्ने महेश तिवारी र उनको श्रीमती अाफ्नै घर अगाडि बसिरहेका अवस्थामा गाउँकै केही ब्यक्तिले धारिलो हतियार प्रहार गरेको थियो।

धारिलो हतियारको प्रहारले तिवारी र उनको श्रीमती गम्भीर घाईते भएको थियो। घाईते दुवैको बिरगंज स्थित न्युरो अस्पतालमा उपचारत थिए। तिवारीको श्रीमतीको अाज उपचारको क्रममा बिहान १ बजे निधन भएको हो।

तिवारी केही महिना पहिला गाउँमा भएको झैझगडाको साक्षी रहेको कारण उनी माथि धारिलो हतियार प्रहार भएको बुझिएको हो।

रौतहटमा दिन प्रतिदिन बढ्दै गएको घट्नाका कारण अाफुहरु असुरक्षित महसुस गरिरहेको स्थानीयले बताउँछन् ।

यस अघि गत साउन ३१ गते धारिलो हतियारको प्रहारले मृत्यु भएको बिजय रामको घट्नामा संलग्न रहेको भनी पक्राउ परेको ७ जना मध्ये निरंजन महारालाई प्रहरीको यातनाले प्रहरी हिरासतमै रहि उपचारको क्रममा बिरगंज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको घट्नाको अहिले सम्म टुंगो लागेको छैन्।

त्यसै बिज रौतहटको खेसरहियामा अवस्थित हनुमान मन्दिरको पुजारीको कनचटमा गोली हानी हत्या भएको घटनाको टुंगो लागेको छैन्। रौतहटमा दिनप्रतिदिन बढ्दै गएको घट्नाको कारण रौतहटका जन्ता असुरक्षित महसुस गरिरहेको देखिएको हो।

प्रतिक्रिया दिनुहोस