आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरी हिरासतमै महिलाको मृत्यु

अमित ठाकुर २०७७ आश्विन १५, बिहिबार (३ साल अघि) ३६२ पाठक संख्या

रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेकी महिलाको अाज बिहान मृत्यु भएको हो।रौतहटको गुजरा नगरपालिका-२ कटानीटोलकी राधिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन्।अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउतलाई प्रहरीको महिला सेल हिरासतमा राखिएको थियो। अाज बिहानै हिरासतमै राउतकी मृत्यु भएको हो। महिला सेलका सुरक्षाकर्मीले आज बिहान राउतलाई मृत अवस्थामा फेला पारेका बताएका छन्।कटानी बजारका एक युवकसँग अनैतिक सम्बन्ध राखेका बेला उनका श्रीमान सुमन राउतले बुधबार साँझ फेला पारी वडाध्यक्षको रोहवरमा प्रहरीको जिम्मा लगाएका थिए। मृत्यु भएकी राउतले पहिला देखि नै बिरामी रहेको र अौषधी सेवन गरिरहेकी प्रहरीले जनाएको हो। हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको डिएसपी भरत श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस