आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लैङ्गिक हिंसा तथा सरुवारोग सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

एस.एस. पटेल २०७७ माघ २४, शनिबार (३ साल अघि) ४७७ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौंलमा लैङ्गिक हिंसा तथा सरुवारोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

स्वाती मिडिया प्रा.लि. जीतपुरको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा श्री ने.रा.मा.वी नगौंलमा लैङ्गिक हिंसा तथा सरुवारोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न भएकोे जनचेतना मुलक कार्यक्रममा करिव ५० भन्दा बढि महिलाहरु सहभागि रहेका थिए । जनचेतना मुलक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवी भुषण, स्वाती मिडियाका अध्यक्ष अनिल तिवारी र संचारकर्मी लक्ष्मी खरेलले लैङ्गिक हिंसा तथा सरुवारोग सम्बन्धि कक्षा संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस