आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा नगर सुनचाँदी ब्यवसायी संघको कार्यालय उद्घाटन

एस.एस. पटेल २०७७ फागुन ८, शनिबार (३ साल अघि) ४५० पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा जीतपुरसिमरा नगर सुनचाँदी ब्यवसायी संघको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारीक कार्यक्रमको आयोजना गर्दै जीतपुरको टेढा रोडमा कार्यालय उद्घाटन गरीएको संस्थाका कोषाअध्यक्ष जीतेन्द्र साह सोनारले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल सुनचाँदी ब्यवसायी महासंघ प्रदेश नम्बर २ का प्रदेश महासचिव प्रबेश सरार्फ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आफु र प्रदेश संघ जीतपुरसिमराका सुनचाँदी व्यवसायीहरुलाई सधै सहयोग गर्ने र उँहाहरुको साथमा रहेने प्रतिबद्धता जनाउनु भएको थियो ।

जीतपुरसिमरा नगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेमलाल साह सोनारको सभाअध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपलिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज गुप्ता लगायत कार्यसमितिका पदाधिकारीहरु, जीतपुरसिमराका भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संघका पदाधिकारी र संघलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्रबाट सम्मानीत समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस