आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा नम्बर ३ का उद्योग पिडितद्धारा वडा कार्यालयमा ताला

सुप्रिया ढकाल २०७८ श्रावण २८, बिहिबार (२ साल अघि) ३६४ पाठक संख्या

२८ श्रावण, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका ३ का उद्योग पिडित स्थानियले वडाकार्यालयमा आज तालाबन्दि गरेका छन् । वडा नम्बर ३ स्थित गणपती वनस्पती प्राली, सिमरा र नन्दन घ्यु एण्ड आयल ईन्डस्ट्रिज प्राली वरपरका बासीन्दाले वडा कार्यालयमा तालाबन्दि गरेका हुन् । बर्षौदेखी उद्योगको मनोमानीका कारण प्रताडित बन्दै आएका झण्डै ३ सय घरधुरीको अगुवाई गरेको संघर्ष समिति वडा कार्यालय पुग्दा वडाध्यक्ष लगाएत कोहि प्रतिनिधि नभेटेको भन्दै कार्यालय समय सकिएपछि कार्यालयमा ताला लगाएका हुन् ।

 

यसअघि आफ्नो गुनासो लिएर घनश्याम बस्नेतको टोली जितपुरसिमरा उपमहानगर पुगेको थियो । गत श्रावण २५ गते उपमहानगरको वातावरण तथा विपद् ब्यवस्थापन समितिले पत्र पठाएर उद्योग र जनता दुबै पक्षलाई आजको मितिमा उपस्थित हुन अनुरोध गरेको थियो । सोहि पत्रको आधारमा बसेको बैठकमा समितिले उपमेयर सरस्वती चौधरीसामु समस्याहरु बताउदै उद्योगपतीसंग प्रत्यक्ष भेट गराई समस्या समाधानको माग गरेको हो ।

 

वडा नम्बर ३ का वडासदस्यहरु रुकुमाया पाख्रीन र बिनिता रेग्मी सहित उपमहानगरपालीका पुगेका पिडित स्थानियले बारबरम्बार आश्वासनको भरमा फर्किनुपरेकोमा यसपटक समस्याको दिर्घकालीन समाधान खोजिदिन आग्रह गरेका थिए । बैठकमा गणपतीका प्रशासन अधिकृत डिसी गिरि र नन्दनका जिएम् नागेन्द्रलगाएत उपस्थित थिए । उद्योगको प्रतिनिधिहरूले बारमबार स्थानियहरू संगको सम्झौतालाई कार्यान्वयन गर्न नसकेपछि नगरपालिकाले उद्योगको मालिकलाई पत्र काट्दै ५ दिन भित्र उपस्थिति हुन निर्देशन दिएको उपमेयर चौधरीले बताउनु भयो ।

भारत निर्यात हुने उत्पादनका लागी भारतिय नागरीकलाई नै कर्मचारी राख्ने गरेको यि उद्योगहरुले सामान्य सामाजिक दायित्व समेत निर्वाह नगरेको स्थानियको गुनासो छ । बारम्बार उद्योगसंग प्रदुषण नियन्त्रणका लागी आवाज उठाईरहेका उनिहरुलाई रोजगारी दिनु त टाढाको कुरा धुलो धुँवा र दुर्गन्धित पानी फालेर प्रताडित गरीरहेको संघर्ष समितिका संयोजक बस्नेतले दुखेसो गर्नुभयो । उद्योगले मानपरि ढंगले प्रदुषण फाल्दा पनि सम्बन्धित निकाय मौन बस्दै आएको र स्थानिय जनताहरू गुनासो लिएर वडा कार्यालयमा जादा वडाले समेत गैरजिम्मेवारी पुर्वक जवाफ दिने गरेको उहाले बताउनुभयो ।

 

यस उद्योग वरपरका झण्डै ३ सय घरधुरीका बालबालीकामा समेत दिर्घकालीन स्वास्थ्य समस्या देखीन थालेको उहाले बताउनुभयो । यिनै गुनासो लिएर उपमहानगरको कार्यालय पुगेको टोलिले उद्योगमा नया प्लाण्ट निर्माणका लागी वडा नम्बर ३ को कार्यालयले स्विकृती दिएको जानकारी पाएपछि वडा कार्यालय पुगेको हो । दिउसोको २ः३० बजे वडा कार्यालय पुगेको टोलीले कोहि पनि प्रतिनिधि नभेटेपछि ५ बजे सम्म कार्यालयमै पर्खेर ताला लगाएका हुन् ।

 

एपी खबर संग कुराकानी गर्दै बस्नेतले भन्नुभयो,“हामी सोझा जनतालाई झुक्याएर वडाध्यक्ष जगन्नाथ घिमिरेज्युले बैमानी गर्नुभएछ । आज हामी जनताभन्दा उहालाई उद्योग प्यारो भएको हामीसंग लुकेर उहा वडा कार्यालय नै आउनुभएन ।” भोली फेरी वडाकार्यालय जाने तैयारीमा आफुहरु रहेको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस