आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकीकृत समावादी पार्टीको महासचिवमा भुसाल र सचिवमा झाक्री

एपी खबर २०७८ आश्विन ७, बिहिबार (२ साल अघि) २५० पाठक संख्या

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई सचिव बनाउने सहमति जुटेको हो ।

उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् भने महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । त्यस्तै, वरिष्ठ नेतामा झलनाथ खनाल छन् ।

महासचिवमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेललगायत नेताले पनि दाबी गरेका थिए । सचिवालय बैठकमा भुसाललाई नै महासचिव बनाउने सहमति जुटेको हो ।

झाँक्रीलाई सचिवको जिम्मेवारी दिएसँगै जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको बताइएको छ । अब यी नामलाई जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ अध्यक्ष, १ वरिष्ठ नेता, ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव गरी १७ जना पदाधिकारीसहित ११५ जना पूर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।

 

 

 

 

 

राजधानी दैनिकबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस