आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घण्टिमाई साकोसको नवौं साधारणसभा आफ्नै भवनमा सम्पन्न

सुप्रिया ढकाल २०७८ आश्विन ९, शनिबार (२ साल अघि) ५२८ पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका ४ औरहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साताब्यापी साधारणसभाको आज एक कार्यक्रमका बिच समापन गरीएको हो ।

संस्थाकि अध्यक्ष कोपिला सिंखडाको अध्यक्षता तथा जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपमेयर सरस्वतिदेवी चौधरीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, औराहा पशुपालन सहकारी संस्थाका कोषाध्यक्ष कुमारनाथ त्रिपाठी, औराहा उपभोक्ता सहकारी संस्थाका उपाध्यक्ष दुर्गादत्त पन्थी, नेपाल राष्ट्रिय मावि औराहाका प्रधानाध्यापक गणेश पौडेल, हातेमालो साकोषका कोषाध्यक्ष दीपक भट्ट, संगालो साकोषका अध्यक्ष शालिकराम अधिकारी, प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रमेश खरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव भवन खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष थानेश्वर पाध्य, लेखा समिति संयोजक डम्बर खड्का, सदस्य त्रिलोकशाही ठकुरी, सल्लाहकार सदस्य छविलाल वाग्ले, दुर्गामन्दिर सेवा समितिका सरिता पौडेल, चेतनशील महिला समूहका माया पाठक लगायतको उपस्थिति रहेको थियो ।

 

संस्था स्थापनाको ८ बर्षमै आफ्नै भवन निर्माण गरी पहिलो पटक आफ्नै भवनमा संस्थाले साधारणसभा आयोजना गरेको हो । औरहा प्लटिङ्गमा रहेको सहकारी २०७० सालमा स्थापना भएको थियो । एक हजार चारसय चार सेयरसदस्य रहेको सहकारी संस्थाले स्थापनाको ९ औं बार्षिक साधारणसभामा ५९ लाख ७३ हजार ४ सय २१ रुपियाँ नाफा बाँडफाँड गरेको जनाएको छ ।

संस्थाले साधारणसभाको अवसरमा बिभिन्न बिधामा बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत वितरण गरेको छ । सहकारीले नगद सहितको उत्कृष्ट पत्रकारीता पुरस्कारबाट बिदुर खड्कालाई सम्मानीत गरेको छ । उत्कृष्ट विद्यार्थी पुरस्कारबाट औराहामाविका छात्रा अस्मिता चौधरी, र छात्र शेख साहेवलाई पुरस्कृत गरेको छ । पुरस्कारको राशी जनही १हजार ५ सय र प्रशंसापत्र रहेको छ । त्यस्तै उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ शेयर सदस्य, उत्कृष्ट कर्मचारी र उत्कृष्ट व्यवसायी कृषकलाई नगद र कदर तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस