आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारी बर्षातका कारण पिडित धान उत्पादक किसान, क्षतीपुर्तीको माग

सुप्रिया ढकाल २०७८ कार्तिक ३, बुधबार (२ साल अघि) ३०९ पाठक संख्या

असोज मसान्तबाट सुरु भएको झरीका कारण भित्रिने बेला भएका धानबालीमा निकै असर परेको छ ।

 

गत ४ दिन देखीको लगातारको बर्षातले तराईका खेतबारीमा पाक्न लागेका तथा दाना लाग्दै गरेका धान बालीमा ठूलो क्षती भएको छ । पाकेका धान पानीमा डुबेका छन्, काटिएका धान बगाएका छन् भने भर्खर दाता पस्दै गरेका धानका बालाहरु ढल्दा किसानहरु निकै मर्कामा परेका छन् । गत बर्ष पनि बिभिन्न कारणले तराईका अधिकांश स्थानमा धान उत्पादन घटेको थियो । झन् यस बर्ष त काट्ने बेला भएका भदौरे लगाएतका धान पुरै पानीले बर्बाद पारेको बाराको जितपुरसिमरा उपमहानगरपाली ४ का किसान लाल चौधरीले गुनासो गर्नुभयो ।

 

किसानहरुमा भर्खर दाना पोसाउदै गरेका धानमा समेत अहिलेको पानीले दाना नलाग्ने चिन्ता बढेको छ । समयमा मल नपाउने समस्या, बिभिन्न रोगब्याधि आदिबाट जोगाउदै उव्जाईएका धान यसरी बर्बाद हुदा किसानहरु बर्षेनि ऋणमा डुब्दै आएका छन् ।

 

यस बर्ष ज्येष्ठ महिनादेखी नै अत्याधिक बर्षा भैरहेको छ । धान रोप्ने बेलामा आकाशको पानीमै धान रोप्न पाएका किसानले यसबर्ष धानको राम्रो उत्पादन हुने अपेक्षा राखेका थिए ।

 

हरेक तवरबाट पिडित किसानहरुका लागी स्थानिय सरकार वा अन्य सरोकारवाला निकायले समेत कुनै सहुलियत प्रदान गरेको पाईदैन । जुनसुकै पालीकामा पनि किसानको संख्या अत्याधिक छ । तिनै किसानको भोट पाएर जनप्रतिनिधि बनेकाहरुले ति किसानहरुलाई बाली उत्पादन बढाउन सहयोग गर्नु अथवा दुर्घटना पश्चात क्षतीपुर्ती दिन त परको कुरा पानिले डुबेको धान उठाउदै गरेका किसानहरुको सम्मुख भएर हामीले के सहयोग गरौं ? भनेर सोध्ने सम्म पनि कष्ट गर्दैनन् ।

 

पानीले धानबालीमा मात्रै हैन तरकारीको बिउमा पनि क्षति पु¥याएको छ । खेतमा तोरी छरिसकेका किसानको बिउ खेर जाने भएको छ । किसानलाई परेको मर्काका बारेमा तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनिहरुको माग छ । अहिले धानबालीमा पुगेको क्षतिको मुल्यांकन गरेर नगद राहत पाउनुपर्ने माग किसानको छ ।

प्रतिक्रिया दिनुहोस