आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

९ लाख नक्कलि नोट सहित पक्राउ परेको अभियुक्त बारा प्रहरीद्धारा सार्वजनिक

एपी खबर २०७९ आश्विन २५, मंगलबार (१ साल अघि) ३७५ पाठक संख्या

अङ्कित कुमार

जिल्ला प्रहरी कार्यालय बाराले असोज महिनाको विभिन्न मितिमा पक्राउ परेका अभियुक्तहरुलाई  पत्रकार सम्मेलनको आयोजना गर्दै सार्बजनिक गरेका छन ।

 

विशेष सूचनाको आधारमा असोज २१ गते ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ कनकपुर टोल स्थित सडकखणडबाट भारत बिहार राज्य जिल्ला मोतिहारी ग्राम पोस्ट पिप्राकोठि बस्ने बर्ष २५ का रन्जित मुखियालाई ९ लाख नक्ली नेपाली रुपैयाँ सहित प्रहरीले पत्राउ थिए ।

 

मुखियाको ब्यानका आधारमा उक्त नकली नोट कलैया उपमहानगरपालिका वडा नम्बर १५ मा बस्ने बर्ष ३४ का सैफुल्लाह अन्सारी सिम्रौनगढ नगरपालिका २ मा बस्ने बर्ष ३६ का बिनका मुखिया बिन असोज २३ गते पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमामा राखी अनुसन्धान भैइ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रेस विज्ञप्तिमार्फ जानकारी गराउनु भएको छ।

 

प्रहरी उपरीक्षक बोगटीका अनुसार रन्जित मुखियाको साथबाट ईणडियन नम्बर पलेट रहेको एसपि साईन मोटरसाइकल १ थान नक्कली जस्तो दिखिने नेपाली रु १००० दरको नोट ९ ठेलि निज प्रयोग गरेर आईरहेको मोटरसाइकल रोकेर चेक जाच्च गर्दा मोटरसाईकलको सिट मुनि र सरिरको कमरमा लुकाएर लियाईरहेको प्रहरीले फेल्ला परि बरामद गरेका थिए ।

 

तयसतै सोही दिन ईलाका प्रहरी कार्यालयको टोलिले सिम्रौनगढ नगरपालिका २ मा बस्ने महुवाहि स्थित सडक खणडमा बि आ र ०५ यु ४०३७ नम्बरको मोटरसाइकल चेकजाच गर्दा बिहार मोतिहारी पुर्बी चाम्पार्न थाना जितना बिजबनिका बर्ष २८ को मोहन प्रसाद यादवको साथबाट ९०० सय पिस डाईजेपाम ईन्जेक्सन ९०० सय् पिस फेनारगन ९०० सय पिस नुर्फिन गरि जाम्मा २७०० सय पिस लागुअौषध सहित पक्राउ गरेका थिए ।

 

पक्राउ परेका यादवलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा रहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी गराउनु भएको छ ।

 

त्यसतै प्रहरीले असोज २२ गते रातीको १ बाजेको समयमा जिल्ला बारा करैयामाई गाउँपालिका वडा नम्बर ८ स्थित नरही टोलबाट प्रदेश २(०३(००८ प १४१४ नम्बर मोटरसाईक चोरी घटनामा असोज २२ गते बेलुका ३ बजेको समयमा रौतहटको फतुवा बिजयपुर नगरपालिका ५ का रामनारायण राय यादव सोही ठाउका अजय राम लाई पक्राउ गरेर सार्बजनिक गरेका छन ।

 

पक्राउ परेका यादव र रामको साथ बाट प्रदेश २(०३(००८प १४१४ नम्बर मोटरसाईकल र बिअर( ०५ एक्स ( ५२६४ नम्बर भारतीय मोटरसाईकल समेत बार्मत भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रमुख बोगटीले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस