आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फकिरा गिरी राजेश्वर गिरी माविको शैक्षिक र भौतीक विकासमा बाधा पु¥याउदै पुर्व वडा अध्यक्ष रामबाबु गुप्ता

एपी खबर २०७९ आश्विन २६, बुधबार (१ साल अघि) ४२४ पाठक संख्या

पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले फकिरा गिरी राजेश्वर गिरी माविको शैक्षिक र भौतीक अवस्था कमजोर बनाउने गरी विद्यालयमा राजनितिक गरेको वडा अध्यक्ष सुनिल गुप्ताले आरोप लगाउनुभएको छ ।

 

बुधवार पत्रकार सम्मलेनको आयोजना गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ताले पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले सम्मानित अदालतको आदेशलाई अपमान गर्दै विद्यालयमा राजनितिक गरेको बताउनुभएको छ ।

 

उहाँले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्नुपर्ने भएपनि समितिले पुर्णता नपाएको कारण काम गर्न असहज भएको बताउदै पदेन वडा अध्यक्ष आफु भएपनि अभिभावकबाट निर्वाचित समिति सदस्यलाई बैठक बस्न आग्रह गर्दै आएको तर उनिहरुले नमाने जानकारी गराउनुभयो ।

 

समितिका सदस्यहरुलाई आफुले पटक पटक पत्र पठाएको छु । पत्र पनि लिन नमान्ने अनि बैठकमा उपस्थित समेत नहुने ब्यवहार देखाएका कारण विद्यालयको शैक्षिक अवस्था कमजोर हुने सम्भावना बढेको वडा अध्यक्ष गुप्ताको भनाई छ ।

 

उहाँले जीतपुर स्थित फकिरा गिरी राजेश्वर गिरी माविको समितिलाई पुर्णता दिन मेयरले समेत गैर जिमेवार अभिब्यक्ति दिदै आएको जानकारी गराउनुभएको छ । शिक्षा समितिका संयोजक समेत रहेका जीतपुरसिमराका नगरप्रमुख राजन पौडेललाई यस समितिको बारेमा सबै कुरा जानकारी गराएर समाधन गर्न आग्रह गर्दा आफु गठबन्धनबाट जितेको ले पुर्व समिति अध्यक्षसगं मिलेर आउनुस भनि गौरजिमेवार जवाफ गराएको जानकारी दिनुभयो ।

 

पत्रकार सम्मेलनमा संचारकर्मिहरुसंग कुरा गर्दै वडा अध्यक्ष गुप्ताले आफुले कार्यभार सम्हाले लगतै भर्ना शुल्क लगाएत अन्य शुल्क निशुल्क गरेको बताउनुभयो । शुल्क माफ गरेर मात्र हुदैन शैक्षिक स्तर र भौतिक सुधारका लागि काम गर्न नसकेको र यसमा पुर्व अध्यक्ष रामबाबु गुप्ताले कहिले अदालतमा मुद्या गरेर त कहिले समितिका सदस्यहरुलाई भडकाएर काम गर्ने वातावरण विगारेको आरोप लगाउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस