आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमाले जीतपुरसिमरा वडा नम्बर २ को निर्वाचन परिचालन भेला सम्पन्न

एपी खबर २०७९ आश्विन २९, शनिबार (१ साल अघि) ३०४ पाठक संख्या

नेकपा एमाले जितपुर सिमरा उपमहानगर वडा न।२ कमिटी सिमरा को आयोजनामा निर्वाचन परिचालन भेला सिमरा स्थित जिफन्ट भवनमा सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रिय सदस्य एवम् बारा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटिका संयोजक सरस्वती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा बारा क्षेत्र नम्बर ४ का निर्वतमान सांसद, पूर्व युवा तथा खेलकुद मन्त्री एवम् नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उमेदवार एकवाल मियाँ , ४ क का प्रदेश सभा सदस्य उमेदवार देवनारायण चौधरी, मधेश प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, जिल्ला कमिटी सदस्य भरत घले ,कासिम हुसेन, कमला घिमिरे लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

 

निर्वाचन परिचालन कमिटि गठन

भेलाले नेकपा एमाले जी।सी २ का अध्यक्ष रबिन्द्र खकुरेलको संयोजकत्वमा २५१ सदस्यीय वडा स्तरिय निर्वाचन परिचालन कमिटि गठन गरेको छ। चुनाव लक्षित विभिन्न कार्यक्रमहरु संचालनका लागि जनबर्गीय संगठनहरु समेतलाई परिचालन गर्न वडा स्तरमा संयोजक तोकिएको वडा कमिटि अध्यक्ष खकुरेलले बताउनु भयो। उहाका अनुसार युवा परिचालनमा आरिफ हुसेन, विद्यार्थी परिचालनमा राजकुमार न्यौपाने, महिला परिचालनमा अनिता लम्साल ,बुद्धिजीवी परिचालनमा अग्नी शर्मा, मजदुर परिचालनमा मनहरी अधिकारी ,भु। पु। प्रहरी परिचालनमा नलिन्द्र बहादुर थापा, रिट्र्निङ फेर्डेशन परिचालनमा पवन श्रीबास्तव, किसान परिचालनमा भरत भुर्तेल, व्यावसायि परिचालनमा राजु गौतमलाई संयोजकको जिम्मेवारी दिइएको छ।

 

हामी जित्नेमा ढुक्क छौस् प्रमुख अतिथि चौधरी

भेलालाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी नेकपा एमालेको केन्द्रिय सदस्य सरस्वती चौधरीले बारा ४ मा नेकपा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भयो। बृद्ध बा, आमाको आशिर्वाद, युवाहरुको बिश्वास र नेकपा एमालेप्रतिको जनलहरले बारा ४ मा प्रदेश र प्रतिनिधि सभा दुवैमा नेकपा एमालेको जित सुनिश्चित रहेको उहाले बताउनु भयो। उहाले राष्ट्र र राष्ट्रियतालाई थप उचो बनाउदै सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पुरा गर्न देशले फेरी नेकपा एमालेको नेतृत्व खोजेको र त्यसका लागि जनताले नेकपा एमालेलाई जिताउनेमा आफु ढुक्क रहेको बताउनुभयो।

 

त्यस्तै प्रतिनिधि सभा सदस्य उमेदवार एकवाल मियाँले आफुले पाँच वर्षको अवधिमा यो क्षेत्रको बिकासका लागि खेलेको भूमिका, सदनमा यस क्षेत्रका बिकासका बारेमा गरेको पहल, शिक्षा तथा स्वास्थ्य समितिमा रही गरेको कार्यका आधारमा फेरी आफुलाई जनताले जनमत सुम्पिन्ने बताउनु भयो। यस पटक जसपा समेतको समर्थन र यो भूगोलमा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमालेबाट चुनाव लड्न लागेकाले जित थप सहज रहेको उहाले बताउनु भयो।

 

४ क का प्रदेश सभा सदस्य उमेदवार देवनारायण चौधरीले आफू यस क्षेत्रको भूगोलसँग परिचित रही लामो समय देखि यहाँको समस्या समाधानका लागि लागि परेको हुनाले जनताले आफुलाई बिश्वास गर्ने बताउनु भयो। यो क्षेत्रको बिकासका लागि स्पष्ट कार्ययोजना सहित चुनावी मैदानमा होमिएको र सदनमा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने उँहाले बताउनु भयो।

 

नेकपा एमाले जी।सी २ का अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न उक्त भेलाको संचालन वडा कमिटि सचिव बिशाल घिमिरेले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस