आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बंजरियामा एमालेको घरदैलो तथा पार्टि प्रवेस कार्यक्रम सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक १९, शनिबार (१ साल अघि) २४३ पाठक संख्या

बाराको प्रसौनी गाउपालिका वडा नम्बर ७ बंजरियामा नेकपा एमालले घरदैलो तथा पार्टि प्रवेस सम्पन्न गारेको छ । आशन्न मंसिर ४ गतेको निर्वांचन केन्द्रित कार्यक्रम अन्तरगत एमालले यस वडामा आफ्नो घरदैलो तथा कोणसभा सम्पन्न गरेको हो ।

 

कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमालेका पोटिल ब्युरो सदस्य पुरुषोतम पौडेलले केन्द्रका साथै मधेश प्रदेशमा एमालेको सरकार बन्ने निश्चित भएको बताउनुभएको छ ।

 

एमालेलाई हराउन माथीका नेताहरु गुटबन्दि गरेपनि स्थानिय निमाईमा एमालेलाई जीतउन जनताहरुलाई एकजुट भएकोले एमालेको बहुमतको सरकार कसैले रोकेर नरोकिने बताउनुभयो ।

 


यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले बारा निर्वाचन क्षेत्र नम्बर ४ का प्र्रतिनिधी सभाका उमेदवार एइकवाल मियाले यस क्षेत्रको विकासमा आफु सदैव लागेको र यसपछि पनि लाग्ने बताउनुभयो ।

 

उहाँले आफु पहिले भएको पार्टिको कुनै संगठन नभएकै कारण निर्वाचित भएपछि आफु जनतामा जान नसकेकोले क्षमा याचना गर्नुभयो साथै विकासको बजेट सबै क्षेत्रमा पु¥याएको दाबी गर्दै उहाँले सिकाई सधै चलिरहेन प्रकिया भएकाले अबको दिनमा यस्तो गल्ति नदोहरीने दाबी गर्नुयो ।

 


कार्यक्रममा बोल्दै नेकपा एमालेबाट प्रदेश सभा सदस्यको उमेदवार देवनारायण चौधरीले आफ्नो एउटै उद्धेश्य विकास र सुसान रहेकोले प्रदेश र प्रतिनिधी सभा दुबैमा सुर्य छापमा मतदान गर्न सम्पुर्ण मतदातालाई आग्रह गर्नुभयो ।

 

उहाँले आफु पैसाका लागि नभै यस क्षेत्रको विकासका लागि राजनितिमा आएको र त्इसको उद्हारण आफु स्वयम रहेको दाबी गर्नुभएको थियो ।

 

पार्टि प्रवेस

घरदैलो पश्चात आयोजीत सभामा नेपाली कांग्रेस परित्याग गरी विभिन्न ब्यक्तिहरु नेकपा एमालेका प्रवेस गरेका छन् ।

 

पार्टि प्रवेस गर्नेमा जयकिसन राम (खेदु), नम्दू राम, नागेश्वर यादब, अमिका साह, लालबाबु यादब, मुस्तिुफा मिया, नाजरा खातुन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस