आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

“न्युनतम ज्याला २५ हजार मंसिर ४ एमाले सरकार” भन्ने नाराका साथ सिमरामा मजदुरहरुको भेला सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक २०, आईतबार (१ साल अघि) ३७१ पाठक संख्या

“न्युनतम ज्याला २५ हजार मंसिर ४ एमाले सरकार” भन्ने नाराका साथ बाराको अम्लेखगंजदेखि जीतपुरसम्मका उद्योगमा कार्यरत मजदुरहरुको पादाधिकारी भेला सिमरामा सम्पन्न भएको छ ।

 

आसन्न मंसिर ४ मा एमाले निकट मजदुरहरुको भुमीका र मजदुर सम्बन्धि एमालेको धारानालाई प्रत्येक मजदुर समझ पु¥याउने उद्धेश्य सहित यो भेला सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य मञ्जु थापाले नेकपा एमालेको मुल योद्या मजदुर नै भएको बताउनुभएको छ । मजदुर र युवाको प्यारो पार्टि एमाले भएकाले एमालेलाई जीताउन मजदुरहरुको भुमिका सकारात्मक रहेको बतताउदुभयो ।

 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य उमेदवार देवनारायण चौधरीले सबै मजदुरहरुदे योजना बनाएर परिचालन हुन आग्र्रह गर्नुभएको छ । उहाँले मजदुर प्रत्येक गाउँको प्रत्येक टोल टोल र घरघरमा जाने भएकाले मंसिर ४ को निर्वाचन लक्षित कार्यक्रम बनाएर अगाडी बढ्न आवश्यक भउको बताउनुभएको थियो ।

 

हेमराज न्योपानेको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेकपा एमलेका मधेश प्रदेश सदस्य आनन्द थामी, कमलेश झा, नेकपा एमालेका पर्सा जील्ला कमिटि सदस्य गिता भण्डारी लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस