आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईनर्वासिराका मतदाताले एकवाल मिया र देवनारायण सरलाई दिए विजयको शुभकामना

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक २०, आईतबार (१ साल अघि) ३९५ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वासिरामा सम्पन्न नेकपा एमालेको घरदैलोमा मतदाताले नेताद्धय मिया र चौधरीलाई जीतको शुभकामना दिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेको जीत सुनिश्चित भएको भन्दै बारा निर्वाचन क्षेत्र ४ का प्रतिनिधी सभा उमेदवार एकवाल मिया र ४(क) का उमेदवार देवनारायण चौधरीलाई यहाँका मतदाताले जीतको शुभकामना दिएका हुन् ।

अब देशमा महगीँ कम गर्न र मजदुरहरुको तलब बढाउन एमालेको सरकार मात्र चाहिन्छ भन्ने चार्च गाउँभरी रहेको भन्दै ईन्र्वासिमराका मतदाताले बारा क्षेत्र नम्बर ४ मा एमालेको जीत निश्चित रहेको दाबी गरेका छन् ।

नेकपा एमाले बारा निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत आईत्वार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ मा घरदैलो सम्पन्न गरेको छ । यस घरदैलोमा प्रतिनिधी सभाका उमेदवार एकवाल मिया, प्रतिनिधी सभाका उमेदवार देवनारायण चौधरी, नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वतीदेबी चौधरी, नेकपा एमालेका नेता सुन्दर विक, वडा अध्यक्ष सुधनदास तत्मा लगाएत सयौँ कार्यकताहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस