आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवाको प्रतिबद्धता बारा ४ मा एमाले जीताउन एक जुट छौँ

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक २१, सोमबार (१ साल अघि) २५० पाठक संख्या

बाराको सिमरामा आयोजीत नेकपा एमाले निकट युवाहरुको भेलाले सोमलाल बमजनको संयोजकत्वमा बारा ४(क) का लागि ५०१ सदस्य निर्वाचन युवा परिचालन कमिटि गठन भएको छ । आशन्न मंसिर ४ गते बारा ४ को प्रतिनिधी सभा र ४(क) मा प्रदेश सभा सदस्यलाई जीताउन बमजनको संयोजकत्वमा समिति गठन गरीएको हो ।

 

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले बारा क्षेत्र नम्बर ४(क) का प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरीले प्रत्येक वडा वडामा २ दिन भित्र वडा स्तरिय निर्वाचन युवा परिचालन कमिटि गठन गरेर च्ुनावमा होमीन आग्रह  गर्नुभएको छ ।

 

उहाँले एमालले “एक बुथ सय युथ” भन्ने उद्धेश्य सहित अगाडी बढेकाले पार्टिलाई जीताउन पार्टिको अभियानमा लाग्न सबै युवाहरुलाई आग्रह गर्नुभयो ।

 

राष्ट्रिय युवा संघ नेपाल जीपुरसिमरा नगर कमिटिका सचिव आयुब खान को सभा अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेकपा एमालेका नेता सुन्दर विक, सिता गुरुङ्ग लगाएतको सयौँ युवाहरुको उपस्थिती रहेकोा ािाथायो ।

 

त्रिलोक विक्रम साहको सहजीकरणमा सम्पन्न कार्यक्रममा युवाहरुले पार्टि जीताउन एक ठिका भएर जान आवश्यक भएको आफुहरु प्रतिबद्ध जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस