आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा निर्वाचन क्षेत्र नम्बर ४ को अम्लेखगंजमा नेकपा एमालको घरदैलो सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक २२, मंगलबार (१ साल अघि) ३६५ पाठक संख्या

बारा निर्वाचन क्षेत्र नम्बर ४ को अम्लेखगंजमा नेकपा एमालले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमालेका उमेदवारद्धय एकवाल मिया र देवनारायण चौधरी (सर) ले अम्लेखगंजमा घरदैलो सम्पन्न गरेका हुन् ।

 

घरदैलोको क्रममा त्यहाँका मतदाताले नेकपा एमालेका उमेदवार एकवाल मिया र देवनारायण चौधरीलाई जीतको शुभकामना दिएका छन् । नेकपा एमालेका नै देश विकास गर्ने पार्टि भएकाले मंसिर ४ एमाले सरकार भन्दै एमालेका उमेदवार मियाँ र चौधरीलाई शुभकामना दिएका छन् ।

घरदैलो गर्ने क्रममा उमेदवारद्धय एकवाल मिया र देवनारायण चौधरी (सर) अम्लेखगंजको मुख्य पानीको समस्या रहेकाले त्यसको सामाधानका लागि प्रयास होईन समाधान गराउने प्रतिबद्धता जोहर गर्नुभयो । उहाँले अम्लेखगंजमा उद्योगहरु नभएका कारण युवाहरु बिदेशीनुको विकल्प नरहेकाले आफ्नो जीत पश्चात क्षेत्रमा पर्यटन प्रवद्धन गर्ने योजना सहित बजेट बिनीयोजित गर्न लगाई युवाहरुलाई रोजगारीको वातावरण सृजना गर्ने बताउनुभयो ।

 

घरदैलो कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य पुरुषोतम पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वतीदेबी चौधरी, नेकपा एमालेका नेता सुन्दर विक, लगाएत सयौँ कार्यकताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस