आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेका उमेदवार एकवाल मिया जीत्ने निश्चित, उनको समर्थनमा जीतपुरमा उर्लियो जनसागर

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक २९, मंगलबार (१ साल अघि) २०२ पाठक संख्या

एमालेका उमेदवार एकवाल मिया जीत्ने निश्चित भएको छ । मंगलबार बाराको जीतपुरमा नेकपा एमालेको समर्थनमा उर्लिएको जनसागरले बारा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधी सभा उमेदवार एकवाल मियाँको जीत निश्चित भएको स्थानियहरुको भनाई छ ।

 

जीतपुरका स्थानीयहरुले प्रतिनिधी सभाका उमेदवार मियाँ संगै नेकपा एमालेबाट प्रदेश सभाका उमेदवार देवनारयण चौधरीको पनि जित निश्चित रहेको बताएका छन् । प्रदेश सभाका उमेदवार चौधरी जीतपुरका स्थानिय भएकै कारणपनि जीतपुरमा उहाँका समर्थकहरु धेरै भएको मतदाताहरुको बुझाई छ ।

 

जीतपुरको बजार अगाडी रहेको एमाले चोकबाट शुरु भएको घरदैलोमा करिब ५ सय भन्दा बढि स्थानिय बासिको सहभागीता रहेको एमालेका नेता मनोज पौडेलले जनकारी दिनुभयो ।

 

उहाँले घरदैलो कार्यक्रममा एमालेका कार्यकर्ता र समर्थकहरुले रामटोल हुदै, बकुलिया रोड, सिद्धरीटोल, शान्तिटोल, नसिमनगर, तरकारी बजार, पाडा बजार लगाएतका स्थानमा उमेदवारद्धय एकवाल मिया र देवनारायण चौधरी पुगेको जानकारी दिनुभयो ।

 

कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य पुरुषोतम पौडेल, एमालेका केन्द्रिय सदस्य सरस्वतीदेवी चौधरी, नेकपा एमालेका नेता सुन्दर विक, मनोज पौडेल, सिता गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस