आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नियोजीत रुपमा प्रदेश सभाका उमेदवार देवनारायण सरको घर अगाडी विपक्षीद्धारा लफडा, बदनाम गर्न खोजेको आरोप

एपी खबर २०७९ मंसिर ४, आईतबार (१ साल अघि) ७५१ पाठक संख्या

बारा निर्वाचन क्षेत्र नम्बर ४ (१) मा नेकपा एमालेका प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरीको घरमा भएको हुलहुज्जत मिलाउन गएको बेला प्रहरीले जीतपुरसिमराका २ जना वडा अध्यक्षलाई समातेर सोधपुछ गरेको छ ।

 

प्रदेश सभा सदस्यका उमेदवार चौधरी बस्ने घरको ढोका अगाडी होहल्ला मचाई रहेको भिडलाई समझाउन सम्झाउन चौधरीको घरमा पुगेका २ वडा अध्यक्षद्धय कैमुदिन अंसारी र सुनिल गुप्तालाई प्रहरीले वास्तविकता बुझन ईलाका प्रहरी कार्यालय जीतपुरमा लगेर छाडेको छ ।

 

उमेदवार चौधरीको घरमा विपक्षीदलका ब्यक्तिहरुले होहल्ला गरी चौधरीलाई बदनाम गर्ने सडयन्त्र गरेको वडा अध्यक्ष कैमुनिल अंसारीले जानकारी दिनुभयो । देवनारायण चौधरी सरको घरमा उहाँ माथी केहि ब्यक्तिहरुले हमला गर्यो भनि सुनेर आफुहरु उमेदवार चौधरीको घरमा पुगेको त विभिन्न मिडियालाई पैसा बाड्ने क्रममा पक्राउ गरेको गलत समाचार लेखेर आफुहरुलाई बदनाम गरेको जानकारी दिनुभयो ।

 

वडा अध्यक्ष अंसारीले नियोजित रुपमा देवनारायण चौधरी सरको घरमा अगाडी होहल्ला गर्न लगाएको र आफुहरुलाई बदनाम गर्न लगाएको बताउनुभएको छ । सरलाई कसैले केहि गरे कैमुदिन र सुनिल अनिवार्य जाने र उनिहरु त्यहाँ गए उनिहरु माथि पैसा बाडेको झुठा प्रचार गर्ने विपक्षीको नियत रहेको अंसारीको भनाई छ ।

 

विपक्षीहरुको हार मानसिक्ताको उपज स्वरुपमा आफुहरुलाई बदानाम गराएको बताउदै असांरीले बारा निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उमेदवार ईच्छा ब. वाग्लेको ईच्छा होटल पनि बन्द गराएको विपक्षीले आफ्नो जनतामा त्रास फैलाउने काम गरेको उहाँले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस