आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुर्य नेपाल प्रा.लिद्धारा निर्मित बर्थिङ सेन्टर भवन जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण

एपी खबर २०७९ मंसिर १६, शुक्रबार (१ साल अघि) ३०५ पाठक संख्या

सुर्य नेपाल प्रा.लिले आफ्नो लागतमा निर्माण गरेको बर्थिङ सेन्टर भवन जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । शुक्रवार उद्योगका व्यवस्थापक सुरेश काजी श्रेष्ठले एक औपचारिक कार्यक्रमका बिच भवनको चाबी नगर प्रमुख राजन पौडेललाई हस्तान्तरण गरेका थिए ।

 

करिब ६२ लाखको लागतमा निर्माण भएको पाँच कोठे भवन एक कार्यक्रमकाबीच उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।सुर्य नेपालले हस्तान्तरण गरेसंगै नवनिर्मित भवनको स्वामित्व उपमहानगरपालिकाले प्राप्त गरेको छ ।

 

जीतपुरमा रहेको बर्थिङ सेन्टर भवन जिर्ण भएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष संजय साहको नेतृत्वमा रहेको कार्यसमितिले भवन निर्माणका लागि सुर्य नेपालसंग पहल गरेको थियो । पहलसंगै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्य नेपालले भवन निर्माण गरेको हो ।

 

 

भवन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, वडाध्यक्ष गुप्ता, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, निवर्तमान अध्यक्ष साह, उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रवि भाष्कर, सुर्य नेपालका मानव तथा संसाधन विभागका सरविन श्रेष्ठ, सुरक्षा प्रमुख यज्ञबहादुर आलेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस